आधारभुत कम्प्युटर तालिम पाठ्यक्रम-नारायण दत्त अधिकारी
तालिमका विषयहरु
Open Office.Org 2.1 Writer
१. राइटर कसरी खोल्ने ?
- Start
- Programme/All Programme
- Open Office . Org 2.1
- Open office.org Writer
२.राइटरमा नयाँ फाईल खोल्ने
- फाइल
- राईटर खोल्ने
- नयाँ
- पाठ कागजात
२.कम्प्युटरमा भएको पुरानो फाईल खोल्ने
- फाइल
- खोल्नुहोस
- त्यसपछि फाइल भएको ठाँउमा पुगेर फाइल नाममा राइट क्लिक गरेर ओपन गर्ने वा सेलेक्ट गरेर ओपन गर्ने वा डवल क्लिक गर्ने।)
३.फाईल बन्द गर्ने
४.बचत गर्ने
- फाइल
- बचत गर्नुहोस
- ( त्यसपछि बचत गर्नुपर्ने ठाँउ छनौट गरी फाइल नाम दिने।)
५.पानाहरुको पृष्ठ पुर्वावलोकन हेर्ने
फाईल मुद्रण गर्ने
- फाईल
- मुद्रण गर्नुहोस्
- ( त्यसपछि प्रिन्टरको नाम , मुद्रण गर्नुपर्ने फाइलको पेज नंबर आदि छनोट गर्ने।)
सम्पादन
फाईल/ कागजात / पानाको प्रतिलिपि बनाउने र टाँस्ने
- प्रतिलिपि बनाउनुपर्ने भागलाई सेलेक्ट गर्ने
- सम्पादनभित्र प्रतिलिपि बनाउनुहोसमा क्लिक गर्ने
- प्रतिलिपि जहाँ राख्नुपर्ने हो त्यहिँ लगेर कर्सर राख्ने
- फेरी सम्पादनभित्र टाँस्नुहोसमा क्लिक गर्ने
काट्ने
- काट्नु पर्ने भाग सेलेक्ट गर्ने
- सम्पादनभित्र काट्नुहोसमा क्लिक गर्ने
फेला पारेर बदल्ने
( यसबाट फाइलमा दोहोरिएका शब्द वा वाक्यहरुलाई एकैपटकमा बदल्न सकिन्छ।)
- सम्पादनभित्र जाने
- फेला पारेर बदल्नुहोसमा क्लिक गर्ने
- को खोजि गर्नुहोस भन्ने बाकसमा पाठमा भएको शब्द टाइप गर्ने
- सँग बदल्नुहोस मा आफूले बदल्न खोजेको शब्द टाइप गर्ने
- सबै बदल्नुहोसमा क्लिक गर्ने
दृश्य
उपकरणपट्टिहरु हटाउने र ल्याउने
( यसबाट दृश्य भित्रका विभिन्न उपकरणपट्टिहरु ल्याउन र हटाउन सकिन्छ।)
- दृश्य
- उपकरणपट्टिहरु
आवश्यक उपकरणपट्टीहरुमा ठिक चिनो लगाउने,जस्तै मानक,ढाँचा,कोर्ने आदि।
स्थितिपट्टि हटाउने र ल्याउने
- हटाउनको लागि-- दृश्यभित्र स्थितिपट्टिमा रहेको ठिक चिनो हटाउने
- ल्याउनको लागि
दृश्यभित्र स्थितिपट्टिमा ठिक चिनो लगाउने
रुलर हटाउने र ल्याउने
- ल्याउनको लागि-- दृश्यभित्र जाने र रुलरमा ठिक लगाउने
- हटाउनको लागि-- दृश्यभित्र जाने र रुलरमा रहेको ठिक चिनो हटाउने
घुसाउनुहोस
पेज नम्बर राख्नको लागि
- घुसाउनुहोस
- फाँटहरु
- पृष्ठ नंबर
( यसै गरि मिति, समय, लेखक, शीर्षक, विषय आदि राख्न सकिन्छ।)
विभिन्न प्रकारका संकेत एवं चिन्हहरु राख्नका लागि
- घुसाउनुहोस
- विशेष क्यारेक्टर
( त्यसपछि आवश्यक फन्ट तथा सबसेट छनौट गर्ने।)
हेडर राख्नको लागि
- घुसाउनुहोसमा जाने
- हेडरमा क्लिक गर्ने
- पुर्वनिर्धारितमा क्लिक गर्ने
फुटर राख्नको लागि
- घुसाउनुहोसमा जाने
- फुटरमा क्लिक गर्ने
- पुर्वनिर्धारितमा क्लिक गर्ने
तालिका घुसाउने
- घुसाउनुहोसमा जाने
- तालिकामा क्लिक गर्ने
- स्तम्भ तथा पङ्क्तिको संख्या निर्धारण गर्ने
- ठिक छ मा क्लिक गर्ने
( त्यसपछि पाठमा तालिका आएर बस्छ।तालिकामा क्लिक गरेपछि तालिका उपकरण देखा पर्छ।तालिका उपकरणबाट निम्नानुसार काम गर्न सकिन्छ।)
- पङ्क्ति घुसाउन
- स्तम्भ घुसाउन
- पङ्क्ति मेट्न
- स्तम्भ मेट्न
- कक्षहरु गाभ्न तथा विभाजन गर्न
- रेखाहरुलाई रङ्गिन बनाउन एवं पृष्ठभुमिमा रङ भर्न
फाइलमा तस्विरहरु घुसाउने
- घुसाउनुहोस
- तस्विरहरु
- फाइलबाट ( त्यसपछि तस्विर भएको फाइल खोल्ने र आफूलाई आवश्यक तस्विर छनौट गर्ने)
वृत्त चित्र तथा स्तम्भ चित्रहरु बनाउने
- वृत्त चित्र एवं स्तम्भ चित्र बनाउनुपर्ने तथ्याङ्कलाई तालिकामा राख्ने
- तथ्याङ्कलाई सेलेक्ट गर्ने
- घुसाउनुहोसमा जाने
- वस्तुमा क्लिक गर्ने
- चित्रपटमा क्लिक गर्ने
- आवश्यक आकार प्रकार तथा डिजाइन छनौट गर्ने
- सिर्जना गर्नहोसमा क्लिक गर्ने
ढाँचा
अक्षरहरुलाई रङ्गिन बनाउने
- ढाँचाभित्र जाने
- क्यरेक्टरभित्र फन्ट प्रभावमा फन्ट रङ छान्ने
अक्षरहरुलाई सुपरस्क्रिप्टमा राख्ने ( माथि उठाउने-)
- ढाँचाभित्र जाने
- क्यारेक्टरभित्र स्थितिमा क्लिक गर्ने
- सुपरस्क्रिप्टमा क्लिक गर्ने
अक्षरहरुलाई सहायक स्क्रिप्टमा राख्ने (तल झार्ने-)
- ढाँचाभित्र जाने
- क्यारेक्टरभित्र स्थितिमा क्लिक गर्ने
- सहायकस्क्रिप्टमा क्लिक गर्ने
अनुच्छेदको अगाडि र पछाडि खालिस्थान राख्न
- ढाँचाभित्र जाने
- अनुच्छेदमा क्लिक गर्ने
- इन्डेन्ट र खालिस्थानमा क्लिक गर्ने
- आवश्यकता अनुसार पाठ अघि र पछि खालि स्थान निर्धारण गर्ने
अनुच्छेदको शुरुको अक्षर ठूलो बनाउने
- ढाँचाभित्र जाने
- अनुच्छेदमा क्लिक गर्ने
- ड्रप क्याप्समा क्लिक गर्ने
- ड्रप क्याप्सहरु प्रदर्शन गर्नुहोसमा क्लिकगर्ने
क्यारेक्टरको संख्या र खालिस्थान निर्धारण गर्ने
- अनुच्छेदलाई किनारा दिने
- ढाँचाभित्र जाने
- अनुच्छेदमा क्लिक गर्ने
- किनाराहरुमा क्लिकगर्ने
- रेखा मिलान,शैली तथा रङ छनौट गर्ने
अनुच्छेदमा पृष्ठभुमि राख्ने
- ढाँचाभित्र जाने
- अनुच्छेदमा क्लिक गर्ने
- पृष्ठभुमिमा क्लिकगर्ने
- आवश्यक रङ छनौट गर्ने
गोलिचिन्ह तथा क्रमसंख्याहरु राख्नु परेमा
- ढाँचाभित्र जाने
- गोलिचिन्ह तथा संख्याङ्कनमा क्लिकगर्ने
- आवश्यक चिन्ह तथा संख्या छनौट गर्ने
पेजलाई ठाडो ( पोर्ट्रेट ) वा तेर्सो ( ल्यान्डस्केप ) बनाउनुपरेमा
- ढाँचाभित्र जाने
- पृष्ठमा क्लिकगर्ने
- फेरि पृष्ठमा क्लिक गरी अभिमुखिकरणमा पोर्ट्रेट वा ल्यान्डस्केप छनौट गर्ने
पानामा पृष्ठभुमि रङ राख्नु परेमा
- ढाँचाभित्र जाने
- पृष्ठमा क्लिकगर्ने
- पृष्ठभुमिमा क्लिकगर्ने
- आवश्यक रङ छनौट गर्ने
पानालाई किनारा दिनुपरेमा
- ढाँचाभित्र जाने
- पृष्ठमा क्लिकगर्ने
- किनाराहरुमा क्लिकगर्ने
- रेखा मिलान,शैली तथा रङ छनौट गर्ने
एउटै पानामा विभिन्न स्तम्भहरु बनाउने
- ढाँचाभित्र जाने
- पृष्ठमा क्लिकगर्ने
- स्तम्भहरुमा क्लिकगर्ने
- सेटिङमा स्तम्भहरुको संख्या निर्धारण गर्ने
- ठिक छ मा क्लिकगर्ने
Spelling Check गर्ने
- उपकरणहरुमा जाने
- हिज्जे जाँचमा क्लिकगर्ने
शब्द गणना गर्ने
- उपकरणहरुमा जाने
- शब्द गणना गर्नुहोसमा क्लिकगर्ने
कम्प्युटरको Screen/डेस्कटप परिवर्तन गर्ने
- डेस्कटपमा राइट क्लिकगर्ने
- Properties मा क्लिकगर्ने
- डेस्कटपमा क्लिकगर्ने
- Background मा आफूलाई मन परेको Background छनौट गर्ने
Open Office.Org Calc
क्याल्क् कसरी खोल्ने
- Start
- Open Office . Org 2.1
- Open Office . Org Calc
क्याल्क्का केहि आधारभुत कुराहरु
- पाना- क्याल्क् ओपन गर्दा देखा पर्ने कोठै कोठा भएको फाईललाई पाना भनिन्छ।
- सेल- पानाभित्रको प्रत्येक कोठालाई सेल भनिन्छ।
- पङ्क्ति- सेलहरुको तेर्सो समुहलाई / सेलसहितको तेर्सो लाईनलाई पङ्क्ति भनिन्छ।प्रत्येक पङ्क्तिलाई 1,2,3 आदि अंग्रेजी अङ्कहरुले संकेत गरिन्छ।
- स्तम्भ- सेलहरुको ठाडो समुहलाई / सेलसहितको ठाडो लाईनलाई स्तम्भ भनिन्छ।प्रत्येक स्तम्भलाई A,B,C आदि अंग्रेजी अक्षरले संकेत गरिन्छ।
- सेल नाम – प्रत्येक सेलको आफ्नै नाम हुन्छ।स्तम्भ र पङ्क्तिहरुको संकेतको आधारमा A1,A2, B1,B2आदि। जुन सेलमा कर्सर राख्यो त्यहि सेलको नाम पानाको माथि बाँया कुनामा देखा पर्दछ।
क्याल्कमा नयाँ फाईल खोल्ने
क्याल्कको पुरानो फाईल खोल्ने
( त्यसपछि फाईल नाम भएको ठाँउमा गएर फाइल खोल्ने, फाईल खोल्नको लागि फाईल नाम मा राइट क्लिक – ओपन वा फाईल सेलेक्ट गरेर ओपन वा फाइल नाममा दुइचोटी क्लिक गरेर ओपन गर्न सकिन्छ )
पानाहरु थप्ने
- पानाको तल पाना नं लेखिएको ठाँउमा राइट क्लिक गर्ने
- पाना घुसाउनुहोसमा क्लिक गर्ने
- आवश्यक संख्या निर्धारण गर्ने
- ठीक छ मा क्लिक गर्ने
पानाहरु मेट्ने
- जुन पाना मेट्ने हो त्यही पानाको तल पाना नं लेखिएको ठाँउमा राइट क्लिक गर्ने
- पाना मेट्नुहोसमा क्लिक गर्ने
पानाको नाम राख्ने
- पानाको तल पाना नं लेखिएको ठाँउमा राइट क्लिक गर्ने
- पानाको नाम फेर्नुहोसमा क्लिक गर्ने
- नाम टाइप गर्ने
- ठिक छ मा क्लिक गर्ने
पानामा सि.नं.राख्ने
- सि.नं. टाइप गर्ने
- टाइप गरिएको सेललाई सेलेक्ट गर्ने
- सेलको बाँया तल किनारामा कर्सर राख्ने
- चिन्ह देखिएपछि माउसलाई क्रमसंख्याहरु लेख्न खोजेको दिशामा घिसार्ने
कक्षहरु गाभ्ने
- गाभ्नु पर्ने कक्षहरुलाई सेलेक्ट गर्ने
- ढाँचाभित्र जाने
- कक्षहरु विभाजन गर्नुहोसमा क्लिक गर्ने
कक्षहरुलाई किनारा दिने
- ढाँचा भित्र जाने
- Cells मा क्लिक गर्ने
- किनाराहरुमा क्लिक गर्ने
- रेखा मिलान,लाईन शैली तथा रङ छनौट गर्ने
जोड गर्ने
- जोडफल राख्नुपर्ने सेलमा कर्सर राख्ने
- =sum(B2:C2)टाइप गर्ने ( B2 रC2 लेखिएको ठाँउमा जोड गर्नुपर्ने सेलहरुको शुरु र अन्तिमको सेल नाम टाइप गर्ने, यदि लगातार जोड्नु पर्ने भएमा )
- इन्टर थिच्ने
घटाउ गर्ने
- घटाउफल राख्नुपर्ने सेलमा कर्सर राख्ने
- =C4-B4 टाइप गर्ने ( B4 र C4 घटाउनुपर्ने सेलहरुको सेलनाम टाइप गर्ने
- इन्टर थिच्ने
गुणन गर्ने
- गुणनफल राख्नुपर्ने सेलमा कर्सर राख्ने
- = B2*C2 टाइप गर्ने ( B2 रC2 लेखिएको ठाँउमा गुणन गर्नुपर्ने सेलहरुको सेल नाम टाइप गर्ने)
- इन्टर थिच्ने
भाग गर्ने
- भागफल राख्नुपर्ने सेलमा कर्सर राख्ने
- = B2/C2टाइप गर्ने ( B2 रC2 लेखिएको ठाँउमा भाग गर्नुपर्ने सेलहरुको सेल नाम टाइप गर्ने)
- इन्टर थिच्ने
प्रतिशत निकाल्ने
- प्रतिशत राख्नुपर्ने सेलमा कर्सर राख्ने
- = B2/C2* 100 टाइप गर्ने ( B2 रC2 लेखिएको ठाँउमा क्रमश प्रतिशत निकाल्नुपर्ने संख्या र पुर्ण संख्या भएको सेल नाम टाइप गर्ने)
- इन्टर थिच्ने
स्तम्भ चित्र तथा वृत्त चित्रहरु बनाउने
- घुसाउनुहोसभित्र जाने
- चित्रपटमा क्लिक गर्ने
- अगाडिमा क्लिक गर्ने
- स्तम्भ वा वृत्तचित्रको प्रकार रोज्ने
- अगाडिमा क्लिक गर्ने
- ग्रिड लाइनहरु र श्रृंखलामा डेटा रोज्ने
- पुर्वावलोकनमा पाठ तत्वहरु देखाउनुहोसमा क्लिक गर्ने
- अगाडिमा क्लिक गर्ने
- चित्रको शिर्षक दिने
- सिर्जना गर्नुहोसमा क्लिक गर्ने
फाइलमा तस्विर घुसाउने
- घुसाउनुहोसमा जाने
- तस्विरहरुमा क्लिक गर्ने ( तस्विर भएको फाइलबाट तस्विर ल्याउने )
अङ्कहरुलाई क्रमबद्द रुपमा राख्ने
घट्दो क्रम
- डेटा भित्र जाने
- क्रमबद्दमा क्लिक गर्ने
- घट्दो क्रममा क्लिक गर्ने
बढ्दो क्रम
- डेटा भित्र जाने
- क्रमबद्दमा क्लिक गर्ने
- बढ्दो क्रममा क्लिक गर्ने
Open Office.Org Impress (ओपन अफिस डट अर्ग इम्प्रेस)
इम्प्रेस किन?
- प्रस्तुतिका लागि स्लाइडहरु बनाउनुपरेमा
- इम्प्रेस कसरी खोल्ने?
- Start-All programme -open office.0rg 2.1-open 0ffece.org Impress
स्लाइडहरु कसरि तयार गर्ने?
- इम्प्रेस खोल्ने
- अगाडि
- सीर्जना गर्नुहोस्
स्लाइड डिजाईन
- दृश्यभित्र कार्यफलक र स्लाइड फलकमा नभए ठिकचिन्ह लगाउने
- कार्यहरु
- मुख्यपृष्ठहरु
- सजावटहरु
- अनुकुलएनिमेसन
यसबाट निम्नानुसार काम गर्न सकिन्छ।
- मुख्य पृष्ठहरु--स्लाइडको रङ तथा डिजाइन छनौट गर्नको लागि
- सजावटहरु-प्रस्तुतिगरिने सामाग्रिको डिजाइनछनौट गर्नका लागि
- अनुकुल एनिमेसन- प्रस्तुति गरिने सामाग्रिमा बिभिन्न प्रभाब सिर्जना गर्नका लागि
स्लाइडमा -चित्रहरुघुसाउने
- घुसाउनुहोसमा जाने
- तस्विरहरुमा क्लिक गर्ने
- फाइलबाटमा क्लिकगर्ने
- तस्विरहरु भएको फाइल खोल्ने
- घुसाउनुपर्ने तस्विरमा क्लिक गर्ने
स्लइडमा लेख्नको लगि
- दृश्य भित्रउपकरणपट्टिबाट कोर्ने वा चित्रमा क्लिक गर्ने
- स्थितिपट्टि भन्दा माथि रहेको कोर्ने उपकरणकको साहायताले पाठ लैजाने अथवा कार्यफलक को सजावटमा क्लिक गर्ने
- आवश्यक डिजाइन छनौट गर्ने
स्लाइड प्रसतुति सँगै आवाज राख्ने
- स्लाइड संक्रमणमा जाने
- संक्रमण परिमार्जन गर्नुहोसमा जाने
- गति र ध्वनि छनौट गर्ने
- स्लइड संक्रमण परिमार्जन गर्नुहोसमा जाने
- आवाज र गति छनौट गर्ने
अर्को स्लाइड नआउदासम्म आवाज दिइराख्न
- Loop until next soundमा क्लिक गर्ने
स्लाइड स्वचालित रुपमा प्रस्तुतिगर्न
- स्लाइड संक्रमणमा जाने
- स्लाइड उन्नत बनाउनुहोसमा जाने
- on mouse click को सट्टामा automatically after ..second छनौट गर्ने ( अक्षर शब्दहरुलाई पालैपालो वा निश्चित समयको अन्तरालमा आउने बनाउनुपरेमा )
- अनुकुल एनिमेसन भित्र जाने
- पाठशिर्षकमा राइट क्लिक गर्ने
- प्रभाव विकल्पमा क्लिक गर्ने
- प्रभाव अन्तर्गत पाठ एनिमेसन मा
- सबै एकैपटक
- शब्द पालैसँग
- अक्षर पालैसँग
- मध्ये आफुलाई आवश्यक एनिमेसन छनौट गर्ने।
नयाँ स्लाइड ल्याउनको लागि
- घुसाउनुहोसमा जाने
- स्लाइडमा क्लिक गर्ने
स्लाइड प्रदर्शन गर्नका लागि
- स्लाइड प्रदर्शनभित्र जाने
- स्लाइड प्रदर्शनमा क्लिक गर्ने
इ-मेल/इन्टरनेट
- यसको लागि इ-मेल/इन्टरनेट सुविधा भएको कम्प्युटरको आवश्यकता पर्दछ।
इ-मेल ठेगाना बनाउने
- hotmail, yahoo, gmail आदिमा निशुल्क इ-मेल ठेगाना बनाउन सकिन्छ
उदाहरणको लागि gmail मा ठेगाना बनाउने तरिका
- internet explorer खोल्ने
- Address मा www.gmail.com टाइप गर्ने
- Home page खुलेपछि Sign up मा क्लिक गर्ने
- दिइएको फर्म भर्ने
आफ्नो इ-मेल चेक गर्ने
- internet explorer खोल्ने
- आफ्नो ठेगाना भएको mail address टाइप गर्ने -( yahoo,hotmail, gmail आदि )
- इ-मेल ठेगाना र पासवर्ड टाइप गर्ने
- Sign in मा क्लिक गर्ने
- आफ्नो इमेल खुलिसकेपछि mail मा क्लिकगर्ने
- Check Mail मा क्लिकगर्ने
इमेल पठाउने
- आफ्नो इमेल खुलिसकेपछि mail मा क्लिक गरी compose गर्ने
- आवश्यक कुरा लेखिसकेपछि send मा क्लिकगर्ने
फाइल attach गरि इ-मेल पठाउने
- compose मा क्लिकगर्ने
- attach मा क्लिकगर्ने
- Browse मा क्लिकगर्ने
- फाइल ब्राउज गरी ल्याउने
- Send मा क्लिकगर्ने
इन्टरनेटमा वेव साइट हेर्ने
- इन्टरनेट एक्सप्लोरर् खोल्ने
- Address box मा वेव ठेगाना टाइप गर्ने
- इन्टर थिच्ने
इन्टरनेटमा वेव साइट तथा चित्रहरु खोजी गर्ने
- www.google.com टाइप गर्ने
- search box मा खोजि गर्नुपर्ने कुरा टाइप गर्ने
- इन्टर थिच्ने
Blogspot
- ब्लगस्पट विद्युतिय डायरी हो । यसमा कुनै शुल्क नतिरि सामाग्रीहरु राख्न सकिन्छ। blog बनाउनको लागि gmail मा इ-मेल ठेगाना हुनु अनिवार्य छ।
- यसको लागि--
- इन्टरनेट एक्सप्लोरर्को Address box मा www.blogspot.com टाइप गर्ने
- आफ्नो gmail मा रहेको address र पासवर्ड दिने
- प्राप्त निर्देशन अनुसार काम गर्दै जाने
- काम सकिएपछि publish post मा क्लिक गर्ने
There are no comments on this page. [Add comment]